जुवातास खेलिरहेको अवस्थामा नगद सहित पक्राउ

जुवातास खेलिरहेको अवस्थामा नगद सहित पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  माघ १४, २०७६

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित छिरिङ शेर्पाको जस्ताको टहरामा तास खेलिरहेका तिब्बत घर भई हाल बौद्ध बस्ने ३७ वर्षीय नवाङ कुन्साङ समेत १० जनालाई नगद २ लाख ८१ हजार रुपैयाँ र ६ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

 कैलाली, धनगढी उपमहानगरपालिका–३ बिशालनगरस्थित तपोबन होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका साहु ४९ वर्षीय डबल बहादुर मल्ल समेत ११ जनालाई नगद १ लाख ४७ हजार ५ सय रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।