चितुवाको छाला सहित सौगात पक्राउ

चितुवाको छाला सहित सौगात  पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १४, २०७६

दाङ । दंगिशरण गाउँपालिका–१ बस्ने २४ वर्षीय चेत बहादुर पुन र सोही ठाउँ बस्ने २४ वर्षीय सौगात घर्तीलाई चितुवाको छाला १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कमा उनीहरूको झोला तलासी गर्दा झोलाभित्र लुकाई राखेको उक्त चितुवाको छाला फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।