पहेँलो धातु सहित पक्राउ

पहेँलो धातु सहित पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १४, २०७६

रसुवा । सुन जस्तो देखिने पहेंलो धातु करिब २ केजी ५ सय ग्राम सहित दोलखा तामाकोशी गाउँपालिका–५ बस्ने २३ वर्षीय तुलनारायण श्रेष्ठ समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोलास्थित सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले रसुवागढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना।१ ज ३५४२ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।