ज्यान मार्ने उद्योग आराेपका फरार व्यक्ति पक्राउ

ज्यान मार्ने उद्योग आराेपका फरार व्यक्ति  पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १४, २०७६

संखुवासभा । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पाँचखपन नगरपालिका–३ सिबुवा बस्ने २८ वर्षीय सन्तोष राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी वानाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लुकीछिपी बसेको अवस्थामा फेला पारी राईलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।