दुई हजार ८ सय बालबालिकालाई नगरपालिकाद्वारा स्वीटर वितरण

दुई हजार ८ सय बालबालिकालाई  नगरपालिकाद्वारा स्वीटर वितरण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ १५, २०७६

चितवन । पहाडी क्षेत्रमा बसोबास गर्ने २० विद्यालयका दुई हजार ८ सय बालबालिकालाई राप्ती नगरपालिकाले स्वीटर वितरण गरेको छ । 

नगरपालिकाको वडा नं १०, ११, १२ र १३ का विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो । नगर प्रमुख प्रभा बरालका अनुसार नगरपालिकाले बजेट विनियोजन गरी आठ लाख ६७ हजार रुपैयाँ को स्वीटर खरिद गरी वितरण गरेको हो । सो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी चेपाङ समुदाय बसोबास गर्दछन् । विगत वर्षमा ती विद्यार्थीलाई देखाएर आर्थिक सङ्कलन गरी केही रकमको स्वीटर किनेर दिए पनि सबैले पाउन सकेका थिएनन् । 

प्रमुख बरालले यिनै विद्यार्थीलाई देखाएर आर्थिक चलखेल र दरिद्र बनाउने गरेपछि आफूले कसैलाई पनि स्वीटर बाँड्न नदिएर नगरपालिकाले नै स्वीटर दिएको बताउनुभयो ।