दुर्घटना न्यूनिकरणलाई टाइमकार्ड शुरू

दुर्घटना न्यूनिकरणलाई टाइमकार्ड शुरू

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १६, २०७६

विराटनगर । दुर्घटना न्यूनिकरण गर्न प्रदेश नं १ मा मोरङ, सुनसरी र झापाका १३ स्थानबाट टाइमकार्ड शुरु गरिएको छ । 

मोरङको सुन्दर हरैचा नगरपालिका–७ गछियाको ट्राफिक प्रहरी पोष्टबाट आजदेखि टाइमकार्ड शुरु भएको हो ।

टाइमकार्ड शुरु भएको स्थानबाट वितरण गरिएको टाइमकार्डअनुसार नचल्ने सवारी साधनलाई कारवाही गरिने र यसबट राजमार्गमा हुने सवारी दुर्घटनामा कमी आउने ट्राफिक प्रहरी निरीक्षक राकेश पोदारले जानकारी दिनुभयो ।