‘आमा’ को  ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)

‘आमा’ को  ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ १७, २०७६

काठमाडौं । सरस्वती पूजाको शुभ अवसर पारेर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’ को  ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको मनछुने गीत सार्वजनिक भएकाे छ । केतन क्षेत्रीको स्वर रहेको उक्त गीतमा भूपेन्द्र खड्काको शब्द र सुवाष भुषालको संगीत रहेकाे छ । गीतको भिडियोमा चलचित्रका चल–अचल दृश्यहरू समावेश भएका छन् ।
 
आमाले आफ्नो सन्तानका लागि गर्ने संघर्षलाई निकै गहिरो रुपमा गीतमा प्रस्तुत गरिएको गीतले नै चलचित्रको मूल मर्म बोल्छ । ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के। खनालले यो गीतलाई चलचित्रमा कथावाचनको रूपमा प्रयोग गरिएको बताउनुभयो । ट्रेलर सार्वजनिक भएपछि दर्शकमाझ प्रतिक्षीत बनेको चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमा–छोरीको भूमिकामा देखिन्छन।
 
चलचित्रमा श्रीमान् विरामी भएपछि छटपटिएकी एक श्रीमती र उनको सन्तानप्रतिको मायालाई मिथिला शर्माको भावबाट व्यक्त गरिएको ट्रेलरमा उहाँको मनछुने अभिनयको निकै प्रशंसा भैरहेको छ । सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, आशान्त शर्मा, अश्मिता खनाललगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ ।
 
‘लभ लभ लभ’ निर्मात्री शर्मिला पाण्डेको लगानीमा बनेको यो चलचित्रमा सन्तोष अधिकारी सह–निर्माता साथै दिर्घ खड्काको सम्पादन रहेकोछ । ट्रेलरबाट दर्शकमा चलचित्रप्रति निकै अपेक्षा बढेको पाइन्छ । दर्शकलाई चलचित्रले निराश नबनाउने निर्दे खनालको दाबी छ । 

भिडियाे यहाँ हेर्न सकिन्छ ः