नेविसंघमा नेतृत्वः खेमराज सर भएको भए राजीव ढुङ्गानामाथि न्याय हुने थियो कि !

नेविसंघमा नेतृत्वः खेमराज सर भएको भए  राजीव ढुङ्गानामाथि न्याय  हुने थियो कि !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १७, २०७६

बधाई छ, नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध विद्यार्थीहरुलाई !  केही समय मात्रै ढिला गरेर तपाईहरूको नेतृत्व आएको छ  । दुई/चार जना अनसन बस्दैमा कसले कुरा सुनेको थियो र नेपाली कांग्रेसको नेतृत्वले सुन्ने  ।आफ्नो चाहाना अनुसार निर्णय लिन पाइदैन भने किन नेतृत्वमा पुग्ने हैन त, सभापति  ज्यू !

नीति-नियम, विधी-विधान, ऐन-कानुन अरुलेपो पालना गर्ने हो  । के कांग्रेस पनि विधान भित्र बस्नु पर्छ भन्ने छ र ? त्यही भएर सुनिएन होला विधानअनुसारको नेतृत्व माग गर्दै अनसनमा बसेका विद्यार्थीको माग । विधान अनुसार नेतृत्व चयन हुनुपर्ने मागसहित आमरण अनशन बसिरहेका नेता नवराज त्रिपाठीको मागलाई वेवास्था गरेर कांग्रेसले नेविसंघको नेतृत्व मनोनयन गरेको छ । विधान कहाँ कुल्चिन बाँकी थियो र अहिले पालना गर्नु ?

 विधान अनुसार ३२ वर्षे उमेर हद लागू गर्न मागसहित सानेपामा आमरण अनसन चलिरहेका बेला कांग्रेसका सभापति शेरबहादुर देउवाले ४८ वर्षीय राजीव ढुंगानालाई भातृ संगठन नेविसंघको अध्यक्षमा मनोनित गर्नुभएकाे छ । गत शुक्रबार भएको सहमति अनुसार ढुंगानालाई सभापति देउवाले नेविसंघको अध्यक्षमा मनोनित गर्नुभएको हो । 

कांग्रेसले विधी मिचेर गरेका तर्कले राजीव ढंगाना भन्दा उपयुक्त पात्र खमेराज सर देखिनुहुन्छ । यद्यपि नेविसंघले नेतृत्व पाएको छ । बधाई छ ! कांग्रेसलाई बधाई छ !! नेविसंघमा आवद्ध विद्यार्थीलाई बधाई छ  !!!

सभापति देउवाले ढुंगानालाई अध्यक्षमा मनोनित गरेसँगै महामन्त्रीमा काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्‍वरी कुवँरलाई जिम्मेवरी दिइएकाे छ । दुबैजना पौडेल पक्ष अन्तर्गतका उपगुटका  सदस्यका रुपमा परिचित मानिन्छन ।  आगामी ६ महिनाभित्र नेपाल विद्यार्थी संघको १२औं केन्द्रीय अधिवेशन सम्पन्‍न गर्ने जिम्मेवारी सहित उनीहरुलाई जिम्मेवारी सुम्पिएको छ ।

६ वर्षको अन्तरालमा पनि नयाँ नेतृत्व पाउन नसक्ने नेविसंघको लागि सात महिनाको अवधिमा दुई वटा नेतृत्व पाउनु बराबरको खुसी के होला र ? बधाई छ ! नेविसंघ । पालना गर्दा अर्को पनि सम्झौता छ । ख्याल गर्नु त उनीहरु १२ औँ महाधिवेसनमा उम्मेदवारी दिन पाउदैनन् । १३ औँ महाधिवेसनसम्म त कहाँ पुग्छन् पुग्छन्  । 

तर ४८ वर्षे राजीव ढंगानालाई जिम्मेवारी दिनुको सट्टा ७८ वर्षीय खेमराज सर (खेमराज पौडेल) लाई दिएको भए । राजीव ढुंगना पूरा कार्यकालको अध्यक्ष बन्न सक्ने योग्यता पुग्थ्याे होला । यसअर्थ उहाँ माथि अन्याय पो भयो कि ! लामो समय अध्यापन क्षेत्रमा रहनु भएको खेमराज सरले जो कांग्रेसको इजेतको लागि कास्कीको उपनिर्वाचनमा भाग लिनु भएको थियो । जसले अराएको विद्यार्थीले पनि मान्थे होला । लामो समय विद्यार्थीसँग विताएको कारण विद्यार्थीको भावना पनि बुझ्नुहुन्थ्यो होला । 

कांग्रेसले विधी मिचेर गरेका तर्कले राजीव ढंगाना भन्दा उपयुक्त पात्र खमेराज सर देखिनुहुन्छ । यद्यपि नेविसंघले नेतृत्व पाएकव छ । बधाई छ ! कांग्रेसलाई बधाई छ !! नेविसंघमा आवद्ध विद्यार्थीलाई  बधाई छ !!!

हुनत राजीव ढंगानाको योग्यता पार्टीको महामन्त्री हुने बराबरकै होला । त्यो योग्यताको व्यक्ति लिदा पनि अझै आलोचना गर्ने भन्ने पनि लाग्दो हो । तर कांग्रेस नेतृत्वले सरकारको पो आलोचना गर्ने हो  । कांग्रेस कार्यकता वा जनताले कांग्रेसको आलोचना कहाँ गर्ने हो र !

 विसं २०४६ मा नेविसंघको जिल्ला सदस्यबाट नेविसंघको राजनीति शुरु गर्नुभएका ढुंगानाले यसअघि नेविसंघ केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएकाे  छ ।  त्यसकारण पनि अध्यक्ष बन्नै  योग्यता (?) पुगेको हुन सक्छ  नि हैन  !

नयाँ नेतृत्व पाएसँगै केही दिन देखि थाती रहेका काम नेविसंघले सुरु गर्ला  । केही दिनअघि शीर्ष तहमा भएको सहमति अनुसार नेविसंघको केन्द्रीय समिति १ सय २७ सदस्यीय समिति बन्नेने छ ।

जस्ले आसन्न स्वतन्त्र विद्यार्थी युनियनकाे चुनावकाे सामना देखि सरकार बिराेधी आन्दोलननै गर्न परे पनि कम्तीमा यो संख्या उपस्थित हुँदा  पनि प्रभावकारी मात्र हाेइन कांग्रेस  पार्टीको काम पनि देखिने छ ।  विद्यार्थीको राजनीति पनि होला बधाई नेविसंघ  !