ताप्लेजुङमा हेलिकप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित सातको निधन

ताप्लेजुङमा हेलिकप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित सातको निधन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारी । फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १५, २०७५

काठमाडौं । ताप्लेजुङको दारेढुंगामा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको निधन भएको छ । 

एएमआई (अल्फा माइक इन्डिया) कलसाइन रहेको हेलिकप्टर दुर्घटना हुँदा यति एयरलाइन्सका अध्यक्ष आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, क्याप्टेन प्रभाकर केसी लगायत सात जनाको ज्यान ज्यान गएको हो । 

फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले सात जनाकै शव फेला परेको पुष्टि गर्नुभयो । ‘दुर्घटनास्थलमा पुगेका स्थानीयले सात जनाको शव भेटिएको बताएका छन्,’ उहाँले भन्नुभयो । 

मन्त्री अधिकारीसहितको टोली आज बिहान तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो। हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित सात जना सवार हुनुहुन्थ्यो ।