सूर्य चन्दद्वारा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको उद्घाटन

सूर्य चन्दद्वारा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको उद्घाटन

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १७, २०७६

काठमाडौं । काठमाडौंको ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ गरिएको छ । सञ्चारकर्मी, कलाकार, निर्देशक तथा इभेन्ट अर्गनाइजर सूर्य चन्दको प्रमुख आतिथ्यतामा बिहिबार अत्याधुनिक तथा सम्पूर्ण सेवा सुबिधा सम्पन्न यो पार्लरको शुभारम्भ गरिएको हो ।

यस पार्लरमा अनुभबी सौन्दर्य्बिदद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालकद्वय दीपक खड्का र धिरज राईले जानकारी गराउनु भयो ।
अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सैलुन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवाग्राहीले सेवा लिन पाउने सञ्चालकले बताउनु भयो । महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस सलोन सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको दोश्रो शाखा हो । 

शुभारम्भमा प्रमुख अथिति सूर्य चन्द र अतिथि इन्द्र महतले बधाई तथा शुभकामाना दिनुभएको थियो ।