'गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग' ( पूरा कार्यपत्र सहित)

'गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग' ( पूरा कार्यपत्र सहित)

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ १९, २०७६

नेपाल प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय युवा परिषद्‌को पहलमा गत माघ १५ र १६ गते राजधानीमा राष्ट्रिय गजल महोत्सव, २०७६ सम्पन्न भएको छ ।

देशभर सातै प्रदेशका गजलस्रष्टाको उपस्थिति र विदेशबाट समेत सहभागिता रहेको उक्त कार्यक्रममा गजलवाचन, मुसायरा, गजलगोष्ठी र परिसंवाद भए ।

कार्यक्रममा दुईवटा गजलसम्बद्ध कार्यपत्र प्रस्तुत गरिए । डा. घनश्याम परिश्रमी र घनेन्द्र ओझाले 'गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग' विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने टीकाराम उदासीले 'नेपाली गजलको परम्परा र प्रवृत्ति' विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पहिलो कार्यपत्रमाथि प्रा.डा. कृष्णहरि बराल र प्रा.डा. सनतकुमार वस्तीले टिप्पणी गर्नुभएको थियो भने दोस्रोमाथि डा. नेत्र एटम र डा. गीता त्रिपाठीले टिप्पणी गर्नुभएको थियो ।

महोत्सवबाट पाँच बुँदे घोषणापत्र पनि सार्वजनिक गरियो । नेपाली गजलमा देखिएका मतभेद र विवाद अन्त्यका लागि उक्त घोषणापत्र महत्त्वपूर्ण आधार हुने गजल अभियन्ता तथा समालोचक घनेन्द्र ओझा बताउनुहुन्छ ।

महोत्सव आयोजक समितिका संयोजक काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल नेपाली गजललाई राज्यका निकायले अभिभावकत्व ग्रहण नगरेको भन्ने गुनासो चिर्दै प्रज्ञाप्रतिष्ठानले सबै साहित्यिक विधाको अभिभावकत्व लिने र समान विकास र संवर्द्धनका लागि पहल गर्ने बताउनुहुन्छ । उहाँ उक्त महोत्सव नेपाली गजलको विकासका लागि कोशेढु‌ंगा भएको दाबी गर्नुहुन्छ ।

हामीले उक्त महोत्सवमा प्रस्तुत 'गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग' कार्यपत्र यहाँ राखेका छौँ ।

हेर्नुहोस् कार्यपत्र :