दिप्रुङ चुईचुम्मा एकता सेवा समाजकाे निर्माण

दिप्रुङ चुईचुम्मा एकता सेवा समाजकाे  निर्माण

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १९, २०७६

काठमाडाैँ ।  खाेटाङ जिल्ला स्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्थायी बासिन्दाहरुकाे काठमाडाैँमा भएकाे  एक भेलाले दिप्रुङ चुईचुम्मा एकता सेवा समाजको गठन गरेकाे छ ।

 भेलाले गोपालचन्द्र राईको अध्यक्षतामा एक जना महिला सदस्य पछि मनाेनित गर्नेगरी  १३ सदस्यीय दिप्रुङ चुईचुम्मा एकता सेवा समाजको गठन गरिएकाे हाे  ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाबासीलाई भैपरी आउने  गाराेसाँगुराेमा सहयाेग पुर्‍याउने उद्देश्यले  रचनात्मक रुपमा प्रस्तुत गरि दिप्रुङ चुईचुम्मा बासिहरुको पहुँच पुर्‍याउने  उद्देश्यले २०७६ माघ उक्त समाजको गठन भएको हो । गैर नाफामूलक र गैर राजनीतिक उद्देश्यले गठन भएको उक्त समितिको उपाध्यक्षमा मिलन कार्की, सचिवमा नवराज रोका, सह सचिवमा रविन्द्र खड्का र कोषाध्यक्षमा एलिना राईलाई चयन  गरिएकाे छ ।

यस्तै सदस्यहरुमा क्रमशः गणेश थापा, विनोद थापा, तेज बहादुर वस्नेत, बविन राई, कन्काईष्ट राई, पूर्ण राई र एक जना महिला पछि थप गर्ने गरी समाजको गठन भएको थियो ।