बन्दीपुर केबुलकार पर्यटन पत्रकारिता पुरस्कार न्यौपानेलाई

बन्दीपुर केबुलकार पर्यटन पत्रकारिता पुरस्कार न्यौपानेलाई

लोकसंवाद संवाददाता  |  पर्यटन  |  माघ १९, २०७६

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूलढुङ्गादेखि बन्दीपुर बजारसम्म पूर्वाधारयुक्त केबुलकार निर्माण गरिरहेको कम्पनीले घोषणा गरेको पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका दमौली समाचारदाता कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ ।

कम्पनीका निर्देशक तारानाथ उपाध्यायको संयोजकत्वमा गठित छनोट तथा वितरण समितिले उक्त पुरस्कार न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार कम्पनीको पाँचौँ साधारणसभाका अवसरमा यही माघ २५ गते प्रदान गरिने केबुलकारको निर्माण कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन्स प्रालिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । 

केबुलकार र बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि कलम चलाएबापत न्यौपानेलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारको राशि रु एक लाख शेयर रहेको छ । केबुलकार परियोजना पूर्ण चरणमा शुरु भएको एक वर्षपछि पुरस्कारको राशि रु तीन लाख पु¥याइने र वार्षिकरुपमा तीन पत्रकारलाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ । बन्दीपुर, आँबुखैरेनी आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन एवं उद्यमशीलता जागरण ल्याउन कलम चलाएबापत कम्पनीले पुरस्कृत गर्ने नीति बनाएको छ ।