स्वास्थ्य शिविरमा १३५ ले गराए निःशुल्क स्वास्थ्य जाँच

स्वास्थ्य शिविरमा १३५ ले गराए निःशुल्क स्वास्थ्य जाँच

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २०, २०७६

लहान । सिरहा धनगढीमाई नगरपालिका–११ सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा १३५ ले स्वास्थ्य जाँच गराएका छन् ।  धनगढीमाई नगरपालिका–११ को आयोजनामा सम्पन्न शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, पिसाब तथा स्त्रीरोग सम्बन्धी वढी विरामी भेटिएको नगरपालिका ११ का वडाध्यक्ष गङ्गाराम यादवले जानकारी दिनुभयो ।

शिविरमा डा सुभाष चौधरी, डा लुस्युन यादव , अनमी पार्वति चौधरी, चन्दा चौधरी लगायतले सेवा प्रदान गर्नुभएको थियो । वृद्ध वृद्धा, दलित र विपन्न परिवारलाई गाउँ बस्तीमा स्वास्थ्य सेवा पु¥याउन आधारभूत विद्यालय नैनपुर बरगाछी चौतारामा शिविर सञ्चालन गरिएको थियो ।