‘पब्लिक च्वाइस अवार्ड’‘ बुलबुल’ले जित्यो

‘पब्लिक च्वाइस अवार्ड’‘ बुलबुल’ले जित्यो

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २०, २०७६

काठमाडाैं । नायिका स्वस्तिमा खड्काको सर्वाधिक धेरै प्रशंसा बटुल्न सफल रहेको चलचित्र ‘बुलबुल’ले  फ्रान्समा आयोजना भएको ‘साउथ एसियन फिल्म फेस्टिभल’मा थप अर्को अवार्ढ हात पार्न सफल भएको छ ।

नेपालमै दुई राष्ट्रिय अवार्ड र सार्क फिल्म फेस्टिभलमा एउटा अवार्ड पाइसकेको छ चलचित्र ‘बुलबुल’ले फ्रान्समा ५ दिनसम्म चलेको ‘साउथ एसियन फिल्म फेस्टिभल’मा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको हो । आइतबार बेलुकी घोषणा भएको अवार्ड समारोहमा विनोद पौडेल निर्देशित चलचित्रले दर्शकको रोजाइको चलचित्रको अवार्ड प्राप्त गरेको हो ।

निर्देशक पौडेल नायिका स्वस्तिमा खड्काको साथमा यो अवार्डमा सहभागी हुन फ्रान्स पुग्नु भएको थियो । तीन विधामा बाँडिएको अवार्डमा २ विधामा भने भारतीय चलचित्रकर्मीले अवार्ड प्राप्त गरेका छन् ।
‘दर्शकले नायिका स्वस्तिमा खड्काको अभिनयलाई खुबै रुचाएका थिए’ निर्देशक पौडेल ले भन्नुभयो ।