दिल्लीमा आम आदमी पार्टीको आँधी, ५४–६० सिट अनुमान

दिल्लीमा आम आदमी पार्टीको आँधी, ५४–६० सिट अनुमान

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ २१, २०७६

टाइम्स नाउको सर्भेका अनुसार यस चुनावमा आम आदमी पार्टीलाई दिल्लीमा ५४ देखि ६० सिट प्राप्त हुनेछ । बीजेपीले १० देखि १४ सिटमा जीत हात पार्ने अनुमान छ भने कांग्रेसले मुस्किलले दुई सिट जित्न सक्ने बताइएको छ

सर्भेमा भनिएको छ कि यदि आज लोकभसा चुनाव भएमा दिल्लीमा बीजेपीले फेरि एक पटक क्लिन स्वीप गर्ने र सातै सिटमा जीत निकाल्नेछ ।

दिल्लीमा एक पटक फेरि अरविन्द केजरीवालको नेतृत्वमा सरकार बन्न सक्ने आँकलन गरिएको छ । टाइम्स नाउ मत सर्भेक्षणका अनुसार दिल्लीमा आम आदमी पार्टी निकै बलियो छ र यस चुनावमा उसलाई ५४ देखि ६० सिट प्राप्त हुनेछ ।

त्यहीँ बीजेपी १० देखि १४ सिटमा सीमित हुनेछ भने कांग्रेसलाई दुई सिट प्राप्त हुने आँकलन छ । दिल्लीमा विधानसभामा ७० सिट छन् । सर्भेक्षणका अनुसार यदि दिल्लीमा लोकसभा चुनाव भएमा सबै सातै सिट बीजेपीले जित्नेछ ।

ऋाम आदमी पार्टीलाई ५२ प्रतिशत मतको अनुमान

आपलाई यस चुनावमा ५२ प्रतिशत मत जाने अनुमान छ भने बीजेपीलाई ३४ प्रतिशत । यदि यो अनुमान सही ठहरिएमा आपलाई ६० सिटसम्म प्राप्त हुनेछ । यद्यपि, सन् २०१५ को चुनावका तुलनामा आपलाई २.५ प्रतिशत मत नोक्सान भएको छ जबकि बीजेपीलाई पनि १.७ प्रतिशत मत नोक्सान भएको छ ।

प्रधानमन्त्री पदका लागि मोदी उपयुक्त उम्मेदवार

यदि अझै लोकसभा चुनाव भएमा बीजेपीलाई ४६ प्रतिशत मत प्राप्त हुने आँकलन छ जबकि आपलाई ३८ प्रतिशत मत मात्र मिल्नेछ । नरेन्द्र मोदी प्रधानमन्त्री पदका उपयुक्त उम्मेदवार हुन् । मत सर्भेका अनुसार ७५ प्रतिशत मतका साथ मोदी प्रधानमन्त्री पदका लागि पहिलो उम्मेदवार हुन् भने राहुल गान्त्री ८ प्रतिशतका साथ दोस्रो नम्बरमा छन् ।

७१ प्रतिशतले नागरिकता संशोधन कानुनबारे सरकारको निर्णय सही मानेका छन् । यस कानुनका बारेमा सोधिएका प्रश्नमा ७१ प्रतिशत जनताले केन्द्र सरकारले सही काम गरेको बताए । यसका अलावा ५२ प्रतिशत शाहीन वाग धर्नका विरुद्ध देखि एभने २५ प्रतिशत प्रदर्शनकारीको समर्थनमा देखिए । बाँकी २३ प्रतिशतले यसबारेमा आफ्ना धारणा बताएनन् ।