उपल्लो डोल्पामा झाडापखाला समस्या,दैनिक ५० भन्दा बढी बिरामी

उपल्लो डोल्पामा झाडापखाला समस्या,दैनिक ५० भन्दा बढी बिरामी

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २१, २०७६

डोल्पा । उपल्लो डोल्पावासी झाडापखालाको कारण समस्यामा परेका छन् । चिसो, आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र बस्ने उपल्लो डोल्पामा उक्त समस्या देखा परेको हो ।  डोल्पोबुद्ध गाउँपालिका–४  ताक्सी र  धोगाउँमा झाडापखालको देखापरेको समस्या परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ ।

दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका वडा नं ३ का वडा सदस्य लाप्कातेण्डुप लामाले जानकारी दिनुभयो । उहाँले  स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न आग्रह समेत गर्नुभयो ।
 
गत मङ्सिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय बासीले बताएका छन् । दैनिक झाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको र  औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ  । हिउँले ढाँकेको यहाँका बस्तीका बिरामीको उपचार गर्न निकै गाह्रो भएको छ ।