बगाले थापा कल्याणकारी परिषद् द्धारा छात्रवृत्तिको घोषणा

बगाले थापा कल्याणकारी परिषद् द्धारा छात्रवृत्तिको घोषणा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ २१, २०७६

काठमाडौं । बगाले थापा कल्याणकारी परिषद् द्धारा यस वर्षको छात्रवृत्तिको घोषणा गरेको छ । परिषद्का अध्यक्ष प्रल्हाद थापाको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकबाट विभिन्न जिल्लाका ३८ जना विद्यार्थीलाई एक लाख ७५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गर्ने निर्णय गरेको हो ।

आफ्ना पुर्खाहरुको कीर्ति र स्मारकहरुको संरक्षण गरी परम्परागत संस्कार एवं कूल परम्परालाई निरन्तरता, धार्मिकस्थलहरुको संरक्षण तथा सम्वद्र्धन एवं समाज र राष्ट्रको उत्थानमा बगाले थापा क्षेत्रीको योगदानलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यले २०५२ सालमा स्थापित परिषद्ले २०६० सालदेखि छात्रवृत्ति वितरण गर्दै आएको छ । जिल्ला शाखाहरुको सिफारिसमा यस वर्ष सो छात्रवृत्ति भोजपुरको हतुवागढी गाउँपालिका, लमजुङको मध्यनेपाल नगरपालिका जीता र मोरङको विराटनगरका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीलाई वितरण गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो ।  

परिषद्का महासचिव लक्ष्मण थापाका अनुसार २०५८ सालमा ललितपुरको धापाखेलमा बगाले थापाको कुलदेवताको मन्दिर स्थापना, दाङको हापुर, लमजुङको जीता, मोरङको विराटनगर, भोजपुरको लङ्गिनलगायतका स्थानमा धार्मिकस्थलहरुको संरक्षण र कुलदेवता मन्दिर निर्माणमा सहयोग, विभिन्न ऐतिहासिक अभिलेखहरु एवम आफ्ना गतिविधिहरु समावेश गरी ‘अमरगाथा’ तथा आत्रेय गोत्रीय बगाले थापाको वंशावलीसमेत प्रकाशन गरेको छ ।