तीन दिने जडिबुटी तथा कृषि उत्पादनहरुको एक्सपो छायाँ सेन्टरमा

तीन दिने जडिबुटी  तथा कृषि  उत्पादनहरुको एक्सपो छायाँ सेन्टरमा

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १५, २०७५

ठमेलको छायाँ सेन्टरमा फागुन १७ गतेदेखि तीन दिन सम्म “गुणस्तरीय जडिबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार” भन्ने मूल नाराका साथ आठौं नेपालहब्र्स एक्स्पो २०१९ आयोजना हुँदैछ ।  

नेपालको हिमालदेखि तराइसम्मपाइने जडिबुटीको सचित्रजानकारी दिने आकर्षक स्टल मेलाको मुख्य आकर्षण हुनेछ । मेलामा ५० वटा स्टल हुनेछन ।   एक्स्पोमा ७ वटा कृषि र अन्य प्राकृतिक उत्पादनहरु, १२ वटा प्रमाणिकरण गरिएका अर्गानिक उत्पादनहरु, ५वटा प्रविधि र गुणस्तर सम्बन्धी जानकारी दिने स्टल हुनेछन । १२ वटा कस्मेटिक, स्पा र मसाज सम्बन्धी उत्पादन तथा जानकारी, ४वटा आयुर्वेद तथा क्लिनिक, ७ वटा सुगन्धित वनस्पति सहितका विरुवा र फूलहरुका स्टल र परम्परागत रुपमा जडिबुटीको सहायताले गरिने उपचार मेलाका मुख्य आकर्षण हुनेछन् । मेलामा ४ वटा स्टल नेपाल बाहिरका उद्यमी र खरिदकर्ताका समेत हुनेछन । 

झण्डै ७ हजार प्रजातिका वनस्पतिहरु पाइने नेपाल भौगोलिक विविधता र भूबनोटकाकारण जैविकविविधतामा धनी छ । यि मध्ये ७ सय प्रजाति जडिबुटी र औषधिजन्य वनस्पति हाम्रा अमुल्य सम्पत्ति हुन । नेपालले यस्ता वनस्पतिको सही व्यवस्थापन, प्रचार प्रसार र उपयोग गर्न सके आर्थिक क्षेत्रमा ठूलो योगदान हुनेछ । तर खाँचो छ देशभित्र र बाहिर समेत यसको महत्व बुझाउने र यस्ता उत्पादनको प्रयोगलाई राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय बजारमा पुर्याउने । 

सोही उद्धेश्यका साथ एक्स्पोमा नेपालभित्रै तथा नेपाल बाहिरका क्रेता र बिक्रेतालाई एकै ठाउँमा भेलागरि उत्पादन विस्तार, गुणस्तर सुधार तथा व्यापार बृद्धिका लागि प्रवद्र्धन गरिनु पनि अर्को उद्देश्य हो । बिटुबि  (B2B) भनिने बायर सेलर मिटअर्थात क्रेता विक्रेताबीचको भेटघाट यस्तै एउटा काम हो । 

यो बर्ष फ्रान्स, एक्स्पोमानीतितथामुल्यश्रृङ्खला, अर्गानकि र निर्यात, प्रविधि र गुणस्तर गरि तीनवटाविषयमातीनै दिनछलफलकार्यक्रमहुनेछ । छलफलमा सम्बन्धितविषयमाकामगरिरहेकाहरु, विषयविज्ञहरु र सरकारी निकायकाप्रतिनिधिहरुले यो क्षेत्रकाअवसर, चुनौतीतथा सुधार गर्नुपर्ने कुराहरु राख्नेछन । छलफलमासर्वसाधारणले समेत सहभागिताजनाउन सक्नेछन । आफ्नाविचार राख्न र विज्ञहरुसँग प्रश्न सोध्न सक्नेछन । 

एक्स्पोमा स्वास्थ्यलाई हानी नगर्ने खानेकुराहरु, रसायन प्रयोग नगरिएका सौन्दर्य बढाउने सामग्रीहरु, वैकल्पिक औषधि उपचार पद्धति र आयुर्वेद तथाअन्य स्वास्थ्य सम्बन्धी परामर्श पनि उपलब्ध हुनेछ । साथै प्रमाणिकरण गरिएका र अर्गानिक खाद्यतथा पेय पदार्थहरुको खरिद बिक्री समेत हुनेछ । 

उद्यमीहरुले आफ्नो सामानको गुणस्तर कसरी बढाउने, तेल तथा अन्य औषधिजन्य जडिबुटीको भण्डारण कसरी गर्ने, बजारमा लैजाने सामान आकर्षक प्याकेजिङसहित लैजाने र आफ्नो छुट्टै ब्रान्ड कसरी बनाउने भन्ने सिक्ने र हेर्ने मौका पाउनेछन । यस अघि ६० हजार भन्दा बढीले एक्स्पोको भ्रमण गरेकामा यो बर्ष अगिल्ला बर्षहरुमा भन्दा बढी मानिस आउने अपेक्षा गरिएको छ । 

उद्योग, वाणिज्यतथाआपुर्ति मन्त्रालय, वनतथावातावरणमन्त्रालय, व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्र र जर्मन सहयोग नियोग, जिआइजेडसँगको समन्वय तथा सहकार्यमा गर्न लागिएको एक्स्पोका लागि अन्य विभिन्न क्षेत्रको समेत सहयोग रहेको छ ।