गाउँपालिकाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

गाउँपालिकाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २१, २०७६

 भोजपुर । भोजपुर स्थित पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलो पटक विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने अभियानको थालनी गरेको छ ।

जाडोका कारण विद्लयमा पठनपाठनमा समस्या उत्पन्न भएपछि गाउँपालिकाले उच्च पहाडी भेगमा पर्ने विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

२०७६ माघ १९ आइतबार पौवादुङमा–१ श्यामशिलास्थित राधाकृष्ण माध्यमिक विद्यालयका ४६२ जना र तिवारीभञ्याङ माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

अभियान अन्तर्गत पञ्चकन्या माध्यमिक विद्यालय, मानेडाँडा माध्यमिक विद्यालय, जनकल्याण आधारभुत विद्यालय, महालक्ष्मी आधारभुत विद्यालय लगाएत अन्य ७ विद्यालयमा पनि न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भएकाे छ ।

न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाले शैक्षिक गुणस्तरको लागि विभिन्न योजनाहरु सञ्चालन भइरहेको जानकारी दिए ।

उनले यसअघि पनि विद्यार्थीहरुका लागि दिवा खाजा व्यवस्था गरिएको  जानकारी दिनुभएकाे छ । अध्यक्ष राईले जाडोका कारण विद्यार्थीहरु प्रभावित नहोऊन् भनेर न्यानो कपडा वितरण गरेको बताए । गाउँपालिका उपाध्यक्ष सम्झना राईले नीति तथा कार्यक्रम अनुसार कार्यक्रमको थालनी गरेको  जानकारी  दिनु भएकाे  थियो ।  यस अभियानले विद्यार्थीलाई नियमित विद्यालयमा  बन्ने  आउने वातावरण विश्वास दिलाउन भयो  । । उपाध्यक्ष राईले आँकडा अनुसार चिसोको कारण करिब ३० प्रतिशत विद्यार्थी नियमित विद्यालय नआएको पाइएको र अब त्यस्तो नहुने बताउनु भयाे ।

विद्यालयका प्रधानाध्यपक तीर्थप्रसाद खनालले गाउँपालिकाले कपडा वितरण गरेसँगै पठनपाठनमा सहज भएको बताउनु भयो । खनालले जाडोमा आगो बालेर विद्यार्थीलाई पढाइरहेको बेला न्यानो कपडाले ठुलो राहत मिलेको बताए ।