पितृसत्तात्मक समाजको उपजः घरायसीको काम महिलाको मात्र जिम्मा !

पितृसत्तात्मक समाजको उपजः घरायसीको काम  महिलाको मात्र जिम्मा !

निर्जला कक्षपति  |  दृष्टिकोण  |  माघ २२, २०७६

घरको काम पुरुषले गर्नु हुन्न भनेर कुन चाहिँ धर्मशास्त्रमा लेखेको छ ? अथवा राज्यले नै कुनै नीति बनाएको छ र ? घरको काम महिलाको जिम्मेवारीमा मात्र पर्छ भनेर । तर यो मान्यताले यसरी जडो गाडी सकेको छ कि मानिसहरू जति नै पढेलेखेको भए पनि, जति नै विवेकी र सभ्य बने पनि घरको काम महिलाले नै गर्नु पर्छ भन्ने मान्यता हट्न सकेको छैन । सँगै कामबाट फर्केका श्रीमान् श्रीमती बिचको कुरा गर्ने हो भने श्रीमती घर फर्कने बित्तिकै भान्छामा पस्छिन्, श्रीमान् आराम गरेर बस्छन् ।

कोही कोही पुरुषको हकमा यो कुरा लागु नहुन सक्छ । घरको काम गर्ने पुरुष छ भने लोग्ने मानिस भएर पनि कतै घरको काम गरेर बस्ने हो भनेर होच्याउने र खिसीटयूरी गर्ने चलन हाम्रो समाजमा छ । घरको काम गर्ने पुरुषलाई, बाहिर काम गर्न नसकेर घरको काम गरेर बस्छ भन्ने आरोप समेत लाग्ने गर्छ ।  उ नामर्द कहलाउँछ अनि कोही पुरुषले आफ्नो श्रीमतीलाई घरको काममा सघाउँछ अथवा श्रीमतीको काम गरिदिन्छ भने झनै जोइटिग्रें कहलाउँछ । घरको चुल्हो देखि सल्किएको  पित्तृसत्ता र घरको कामले महिलालाई यसरी गाँजेको छ कि वर्णन गरी साध्य छैन । मानौँ महिलाका लागि घरको काम भनेको जन्म सिद्ध अधिकार भएजस्तै ! महिला भएपछि घरको काम जानेकै हुनुपर्ने भन्ने सोच हाम्रो जस्तो पित्रृसत्ता समाजको छ । त्यसैले त छोरी जति नै पढेलेखेकी भए पनि यदि छोरीले घरको काम जानेकी छैन भने विशेष गरी अभिभावकलाई छोरीले घर गरेर खान सक्ने हो यो होइन !  भन्ने चिन्ता लाग्ने गर्छ ।

अहिले विश्वमै पढेलेखेका श्रीमान् श्रीमती बिच डिर्भोसका घटनाहरू धेरै हुने गरेको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा के पनि उल्लेख छ भनिदेखिन् घरको काम र बच्चा हुर्काउने काममा श्रीमान्ले सहयोग नगरेका कारण धेरै शिक्षित श्रीमान् श्रीमती बिच डिर्भोस हुने गरेको देखाएको छ ।

विवाह अघि आफ्नो काम आफै गर्न सक्ने पुरुष विवाह पछि केही गर्न नसक्ने हुन्छ । मोजा समेत श्रीमतीले खोज्दिएर लगाउने पुरुषहरू हाम्रो समाजमा धेरै छन् । आफू सुतेको विछयौना समेत नमिलाउने पुरुषहरू पनि यही समाजमा छन् । घरको काम गर्न सकिएन भन्दै बहु विवाह गर्ने पुरुष र श्रीमतीले, श्रीमान् र घरपरिवारको सेवा गरिनन् भनेर अर्को विवाह गर्ने प्रचलन कहाँ हटेको छ र ? 

किन घरको काम पुरुषले गर्दैनन् ? अथवा पुरुषहरू घरको काम गर्न किन रुचाउँदैनन् ? वा पित्रृसत्ताले पुरुषलाई घरको काम गर्न किन वञ्चित गरेको छ ?  यो प्रश्न हरेक महिलाको मनमा उब्जिने गर्छ । घरका दाजुभाइले घरको काम गर्नु नपर्ने छोरी अथवा  महिला भएका कारण किन गर्नु पर्ने ? यो प्रश्न हरेक छोरीहरूको मनमा उब्जिने गर्छ । घरमा छोरा र छोरी छ भने आफ्नै आमाले छोरीलाई भाँडा माझिन, कुचो लगाउन सानो देखि नै घरको काममा अभ्यस्त गराउँछिन् । तर छोरालाई भाँडा माझिन, कुचो लगाउन कहिल्यै सिकाइँदैन । किनभने जन्मदिने आमालाई पनि पित्रृसत्तादेखि नै डर छ ।  भोलि बिहान छोरीको अवश्य विवाह गरिदिनु पर्छ । विवाह गरेर अर्काको घरमा गएपछि घरको काम नजानेर घरतिरबाट गुनासो गर्छन् की भन्ने डर हुन्छ ।

त्यसैले बाल्यावस्था देखि नै छोरीले भाँडा माझ्न  सुरु गर्छिन् भने छोराले चिया खाएको गिलास कतै लडेको छ भने पनि त्यसलाई उठाउने त कहाँ हो कहाँ !  लातले हिर्काएर अर्को ठाउँमा पुर्‍याएर हिँड्ने गर्छ । छोरा भनेका त बाहिर काम गर्ने हुन् ! नाम कमाउने हुन् अनि दाम कमाउने मर्द हुन् भन्दै आमा बाबुले समेत यस्ता कुराको बेवास्ता गर्दछ । छोरालाई यसरी हुर्काइन्छ कि तिमीले त घरको काम गर्नै हुँदैन, तिमीले हाम्रो इच्छा र सपना पूरा गर्नु पर्छ । धेरै कमाउनु पर्छ भन्ने पाठ सिकाइएको हुँदा छोरालाई घरको काम प्रति फिटिक्कै रुचि हुँदैन । उसको ध्यान भनेको पढाई, नाम र दाम कमाउनेमा हुन्छ । त्यसैले हामीले जानेर या नजानेर छोराछोरी हुर्काउने बेला देखि नै विभेद गरिरहेका हुन्छौँ ।

विशेषसरि घरको कामलाई अनुत्पादक कामको रूपमा लिइन्छ । जति काम गरे पनि प्रतिफल पाइँदैन । अर्थसँग नजोडिएकाले पनि घरको कामको महत्त्व छैन । हेर्दा जति सरल लाग्छ, त्यति सहज र सरल भने छैन घरको काम । भन्दा पकाएर त जसले पनि खान्छ नि भनिन्छ तर घरको काम मात्र यस्तो काम हो जून गरेर कहिल्यै सकिँदैन । घरको काममा भिज्नेहरूलाई नै थाहा हुन्छ कि १ यो कति जटिल र २४ सै घण्टा अल्झिरहनुपर्ने काम छ भनेर । माकुराको जालो जस्तो फनफनी घुमिरहेको घरधन्दालाई हाम्रो जस्तो सासू ससुरा मान्नुपर्ने अनि आफू भन्दा मान्यजनले खाएपछि खानु पर्ने मान्यताले झनै अप्ठ्यारो र असहज बनाइदिएको छ । यसै गरी घरका महिलाले परिवारका सबै सदस्यको चित्त बुझाउनु पर्ने र खुसी पार्नु पर्ने जून पित्रृसत्ता सोच छ यसले गर्दा पनि महिलालाई झनै सकस पारिदिएको छ ।

घरमा एक सिन्को नभाँच्ने पुरुष फाइभ स्टार र थ्री स्टार होटेलमा गएर कुक र मास्टर सेफ बन्ने गर्दछ । पकाउन आउँदैन भने पनि कुकिंगको तालीम लिने गर्छ । यसै गरी हिजोआज घर सफा गर्ने काम पनि पाइन्छ । घरमा एक चोटि कुचो नउचालेको पुरुषले  घर बाहिर भने घर सफा गर्ने जागिर खान्छ । रुपैंया पाइने ठाउँमा यस्ता कामहरू के को महिलाको काम हुनु रु के को नामर्द, लाछी र जोइटिग्रें हुनु रु  

'फाइभ स्टार' होटेलमा गएर कुकको काम गर्नेहरू घरमा कुकको काम गर्न किन हिच्कीचाउँछन् ? किन बिसन्चो भएको बेलामा पनि दिन रात श्रीमतीले नै खाना पकाउनु पर्छ  ? किन महिलाले नै घर सफा गर्ने काम गर्नु पर्छ ? किन महिलाले परिवारका हरेक सदस्यको चित्त बुझाउने काम गर्नु पर्छ रु यो निकै नै गम्भीर प्रश्न हो । रुपैंया कमाउने ठाउँमा घर सफा गर्ने जागिर खाँदा नामर्द नबनिने तर आफू बस्ने घर आफै सफा गर्दा छिमेकीले देख्छन् कि केही भन्छन् की भनी कुचो लुकाउनु पर्ने ? आफ्नो लुगा आफैँ धोएर लाउँदा जोइटिंग्रे बनिने रु पित्रृसत्ताले पुरुषलाई कुन स्थानमा राखेको छ हामी सहजै अनुमान गर्न सक्छौँ । 

अहिले विश्वमै पढेलेखेका श्रीमान् श्रीमती बिच डिर्भोसका घटनाहरू धेरै हुने गरेको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा के पनि उल्लेख छ भनिदेखिन् घरको काम र बच्चा हुर्काउने काममा श्रीमान्ले सहयोग नगरेका कारण धेरै शिक्षित श्रीमान् श्रीमती बिच डिर्भोस हुने गरेको देखाएको छ । त्यसैले यो समस्या हाम्रो देशमा मात्र होइन, विश्वभर कायम छ । 

घरको काम महिलाको काम भनेर छुट्ट्याइनु हुँदैन । घरको कामलाई महिलाको काँधमा र जिम्मेवारीमा मात्र पार्नु हुँदैन । घरको काम गर्दैमा कोही पुरुष नामर्द पनि हुँदैन, जोइटिग्र‌ें पनि कहलाउँदैन । कमाएर महिलाले पनि ल्याउँछिन् । पहिले पहिले जस्तो पुरुषले मात्र कमाउने पनि होइन । फेरि घरको काम गरेर सानो पनि भइँदैन । महिलालाई मात्र घरको सम्पूर्ण बोझ बोकाएर आफू मात्र अगाडि दौडन खोज्नु कत्तिको न्यायसङ्गत होला रु कसरी समतामूलक समाजको निर्माण गर्न सकौला रु सौचौं है । घरको काम पुरुषले पनि गर्नु हुन्छ । पित्रृसत्तादेखि डर मान्नु हुँदैन ।