‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २२, २०७६

काठमाडाैं । चैत २८ गतेबाट प्रदर्शन मिति तय गरेको चलचित्र ‘प्रेमगीत ३’को  ‘हात्ती ढुंगामा’ बोलको पहिलो गीत मंगलबार सार्वजनिक भएको छ ।

हिजोआजका चलन चल्तीमा रहेका गीतहरु भन्दा पृथक शैलीमा तयार पारिएको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द छ । भने, गायक सागर आले र गायिका मेलिना राईले आवाज दिएका छन ।
 
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका प्रमुख अभिनेता प्रदीप खड्का र नव–अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड रहेको गीतले यी दुईको प्रेमको भाव बोल्छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप र क्रिष्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ।

भिडियो यहाँ हेर्न सकिन्छः