पहाडीकाे पुस्तकको रोयल्टी तथा आम्दानी शान्ति समाजलाइ दिने घोषणा

पहाडीकाे पुस्तकको रोयल्टी तथा  आम्दानी शान्ति समाजलाइ दिने घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २२, २०७६

काठमाडाैं । मानव अधिकारवादी तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गर्नुभएको छ । 

सन्ताउन्न वर्षीय पहाडीले आफूले लेखेका पुस्तकबाट प्राप्त हुने रोयल्टीलगायत रकम र आफ्नो नाममा भएका बैंक खातामा रहने रकम समाजमा हस्तान्तरण हुने घोषणा गर्नुभएको सभापति उत्तम पुडासैनीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । नागरिक आन्दोलनका अगुवासमेत रहनुभएका पहाडीका नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा गरी २९ पुस्तक प्रकाशित भएका छन् । यी पुस्तक बिक्रीबाट प्राप्त रकमसमेत उहाँले समाजकै क्रियाकलाप सञ्चालनका लागि दिनुभएको थियो ।