जबरजस्ती करणी आराेपमा २ पक्राउ

जबरजस्ती करणी आराेपमा २ पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २२, २०७६

काठमाडौं । झापा, बुद्धशान्ति गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँपालिका–२ गोपलाडाँडा बस्ने कमल भन्ने २९ वर्षीय दिल कुमार कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कामीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–३ बस्ने जाजरकोट छेडागाड नगरपालिका–११ घर भएका २२ वर्षीय मोहन रावतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रावतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।