विश्वकप क्रिकेट लिग २ को  मुख्य प्रायोजक  डिशहोम

विश्वकप क्रिकेट लिग २ को  मुख्य प्रायोजक  डिशहोम

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २२, २०७६

काठमाडाैँ । नेपाल एकदिवसीय  बरीयताकाे मान्यता पाएपछि घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दै छ ।

डिशहोमको मुख्य प्रायोजन रहेको विश्वकप क्रिकेट लिग दुई यही माघ २९ गतेसम्म किर्तिपुरस्थित मैदानमा चल्ने छ ।

नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् । जसमा कूल ६ खेलह हुनेछन् ।

हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् ।

नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ ।

त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ ।