रावासावा प्राज्ञिक समाजले नाै जना खाेटाङेलाई सम्मान गर्ने

रावासावा प्राज्ञिक समाजले नाै जना खाेटाङेलाई सम्मान गर्ने

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ २३, २०७६

काठमाडाैँ । रावासावा प्राज्ञिक समाज, नेपालको  मिति २०७६ माघ २२ गतेको बैठकले यस वर्षको रावासावा सम्मान,  रावासावा कमलाभक्त पुरस्कार तथा रावासावा बोलराज-सुशीला कला पुरस्कार देहायबमोजिम व्यक्तित्वहरूलाई समर्पण गर्ने निर्णय गरेको बेहोरा यसै विज्ञप्ति मार्फत सार्वजनिक गरिएको  जनाएकाे छ । 

रावासावा प्राज्ञिक समाज, नेपालका अध्यक्ष डा‍. धनप्रसाद सुवेदीका अनुसार  रावासावा सम्मान-२०७६ साहित्यकार  रक्ष राईलाई (साहित्य सम्मान) र  शिक्षा सम्मानबाट   पूर्व शिक्षक तथा साहित्यकार शुभशेर राई,   पूर्व शिक्षक, लेखक, उपन्यासकार गणेश अधिकारी पूर्व शिक्षक श्री भोलाहरि धिताल  सम्मान गर्ने निर्णय गरिएकाे छ । 

त्यसैगरी समाजसेवा सम्मानबाट  साहित्यकार, राजनीतिकर्मी तथा समाजसेवी श्री विष्णुकुमार राई (विष्णु आभूषण), नारी जागरण सम्मानबाट महिला राजनीतिकर्मी तथा नारी समाजसेवी श्रीमती  कुमारीकृष्ण राई, रावासावा कमलाभक्त पुरस्कार -२०७६ बाट  साहित्य तर्फ साहित्यकार तथा अन्वेषक श्री नगेन्द्रराज रेग्मी  संगीतकारतर्फ  शिवसंगम राई र   रावासावा बोलराज-सुशीला कला पुरस्कारबाट साहित्यकार तथा कलाकार ज्ञानेन्द्र विवशलाई सम्मान गरिने निर्णय भएको  र उक्त सम्मान तथा पुरस्कार २०७६ फागुन २४ गते काठमाडौंमा विशेष कार्यक्रम सहित प्रदान गरिने समाजले जनाएकाे छ ।  

समाजले दिएको जानकारी अनुसार  रावासावा कमलाभक्त पुरस्कार शिक्षक दम्पती कमला राजभण्डारी तथा भक्त राजभण्डारीबाट यसअघि नै स्थापना भई प्रदान गरिँदै आइएकोमा यस वर्षदेखि पूर्व शिक्षक तथा शिक्षा मन्त्रालयको उपसचिवबाट निवृत्त हुनुभएका  बोलराज खनाल तथा उहाँकी श्रीमती शिक्षक सुशीला खनालबाट रावासावा बोलराज-सुशीला कला पुरस्कार स्थापना गरिएको छ । यी सबै सम्मान तथा पुरस्कारहरु हरेका  २/२ वर्षमा प्रदान गरिने समेत जनाइएको छ ।