लुकाई छिपाई राखेको दुई थान भरुवा बन्दुक बरामद

लुकाई छिपाई राखेको दुई थान भरुवा बन्दुक बरामद

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २३, २०७६

झापा । बाह्रदशी गाउँपालिका–२ सालघारीस्थितखेतबारीमा रहेको परालकोकुन्यूमा लुकाई छिपाई राखेको भरुवा बन्दुक २ थान बुधबार राति प्रहरीले बरामद गरेको छ ।

भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले परालकोकुन्यू खानतलासी गर्दा उक्त बन्दुक फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।