कार सिक्ने क्रममा दुर्घटना हुँदा एकको मृत्यु

कार सिक्ने क्रममा दुर्घटना हुँदा एकको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २४, २०७६

बैतडी । बैतडीमा कार सिक्ने क्रममा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कारधनी दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । 

दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते हुनुभएको छ । बा ६ प ९१९९ नम्बरको सो कार दशरथचन्द नगरपालिका–२ देहीमाडौंस्थित घुसल्ला मोड नजिककै निर्माणाधीन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त कार मैदानभन्दा करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।