चलचित्र ‘साङ्लो’ र ‘सेल्फी किङ’ एकसाथ प्रदर्शनमा

चलचित्र  ‘साङ्लो’ र ‘सेल्फी किङ’ एकसाथ  प्रदर्शनमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २४, २०७६

काठमाडौं । केहि समय देखि अर्थात जाडो मौसम सुरु भएपछि आशा गरे अनुसारका चलचित्रहरु प्रदर्शन भएका छैनन् । जसकारण नेपाली हलमा विदेशी चलचित्रहरुले एकछत्र राज गरेका छन । यसैक्रममा नेपाली हलमा आशा गरिएका दुई चलचित्र आजबाट प्रदर्शनमा आएका छन् । 

लामो समय सुनसान रहेको नेपाली चलचित्रको बजारमा केही रौनक थपिने आशा गरिएका दुई चलचित्र ‘साङ्लो’ र ‘सेल्फी किङ’ एकसाथ प्रदर्शनमा आएका हुन् । नेपाली हलमा विदेशी चलचित्रले एकछत्र राज गरेको बेला प्रदर्शन भएका चलचित्रलाई दर्शकले प्रतीक्षा गरिरहेका छन् । 

विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको ‘सेल्फी किङ’मा नेपाली चलचित्र क्षेत्रका धरोहर विपिन कार्की मुख्य भूमिकामा देखिनु भएको छ । बुधवार भएको प्रिमियरमा चलचित्र प्रति सबैको राम्रो प्रतिक्रिया आएको थियो । चलचित्रमा कार्कीलाई एक हास्य कलाकारको भूमिकामा देख्न पाइन्छ । 

चलचित्रमा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ । 

यसै गरी विराज भट्टको कम ब्याक चलचित्र ‘साङ्लो’लाई क्युएफएक्सले २० सो दिएको छ । यस चलचित्रले मल्टीप्लेक्समा भन्दा सिंगल थिएटरमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । विराज स्वयंले निर्देशन गरेको चलचित्रमा उहाँको जोडीको रूपमा पूर्व मिस नेपाल निकिता चाण्डकलाई देख्न सकिन्छ ।