साग पदक जित्ने खेलाडीलाई तारकेश्वर नगरपालिकाकाे सम्मान

साग पदक जित्ने खेलाडीलाई तारकेश्वर नगरपालिकाकाे सम्मान

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २४, २०७६

काठमाडाैं । हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने खेलाडीलाई तारकेश्वर नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी र सुनिता महर्जन तथा साइक्लिङकी निष्मा श्रेष्ठलाई जनही २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो । यस्तै सागमा रजत पदक जित्ने फेन्सिङकी कमला श्रेष्ठ तथा उसुकी मीना ग्ल्यान र विश्व बुढामगरलाई  २० हजार रुपैया सहित सम्मान गरिएको थियो ।