सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालनमा

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २४, २०७६

सल्यान । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सल्यान र सल्यान जिल्लास्थित सम्पूर्ण यातायात ब्यवसाय प्रालिको संयुक्त आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको समन्वयमा दुईदिने ‘सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम’ बिहीबार संचालन भएको छ ।

सल्यान शारदा नगरपालिका–१ श्रीनगरस्थित उद्योग बाणिज्य संघको सभाहलमा संचालन भएको उक्त सचेतना कार्यक्रममा सल्यान जिल्लामा चल्ने यातायात प्रालिका प्रतिनिधि, चालक, सह–चालक तथा सवारीधनीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले विभिन्न अडियो भिडियोको माध्यमबाट प्रशिक्षण प्रदान गर्नुभएको  थियो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडा, सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरबिन्द राई, शारदा यातायात प्रालिका अध्यक्ष डम्मर तिरुवा, उद्योग बाणिज्य संघ सल्यानका वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी, स्थानिय बुद्धिजिबी, भद्र भलादमी, स्थानीय संचारकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।