थानकोटमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

थानकोटमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  माघ २४, २०७६

काठमाडौं । चन्द्रागिरी नगरपालिका–४ थानकोट बस्ने गंगालाल महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ केवलपुर गाउँपालिका–५ घर भएका २८ वर्षीय कृष्ण नेपाली समेत ५ जनालाई नगद १६ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी चन्द्रागिरी नगरपालिका–४ थानकोटस्थित पार्किङ गरि राखेको बा.५ ख ३१८८ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका–५ थानकोट बस्ने ३९ वर्षीय बालकृष्ण न्यौपाने समेत ५ जनालाई नगद २३ हजार ७ सय रुपैयाँ र १ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

महानगरी प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान    गरिरहेको छ ।