दुई दिन स्थिर रहेको सुनको मूल्य पुनः बढ्याे

दुई दिन स्थिर रहेको सुनको मूल्य पुनः बढ्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २४, २०७६

काठमाडौं । दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । 

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३०० रुपैयाँ तोकेको छ । बुधबार र बिहीबार छापावाला सुन प्रतितोला  ७५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० रुपैयामा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर ८८५ रुपैयाँ पुगेको छ ।