कोरोना भाइरसः एकै दिनमा ९७ को मृत्यु, मर्नेको संख्या ९०८ पुग्यो

कोरोना भाइरसः एकै दिनमा ९७ को मृत्यु, मर्नेको संख्या ९०८ पुग्यो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २७, २०७६

एजेन्सी । नोवेल कोरोना भाइरसबाट आइतबार मात्रै चीनमा ९७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो ।

चीनमा हालसम्म ९०८ जनाको मृत्यु भएको चीनको स्वास्थ्य संगठनले पुष्टि गरेको छ। अहिलेसम्म चीनमा नोवेल कोरोनाका ४० हजार १७१ जना संक्रमित भएको पुष्टि भएको छ ।

हाल एक लाख ८७ हजार ५१८ जनालाई निगरानीमा राखिएको छ । चीनले दिएको तथ्यांक अनुसार अहिलेसम्म तीन हजार २८१ जना उपचारपछि नोवेल कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् ।