सरकारी कागज कीर्ते आरोपमा  पक्राउ

सरकारी कागज कीर्ते आरोपमा  पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २७, २०७६

सप्तरीमा सरकारी कागज कीर्ते गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारूले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएकाले पक्राउ गरिएको प्रनाउ भारतीले बताउनुभयो । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।