अरुण नदीमा फेरी निर्माण गरिएसँगै स्थानीयवासी खुशी

अरुण नदीमा फेरी निर्माण गरिएसँगै स्थानीयवासी खुशी

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २७, २०७६

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा फेरी निर्माण गरिएसँगै स्थानीयवासी खुसी भएका छन् । 

सङ्घीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख रुपैयाँ, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख रुपैयाँ र षडानन्द नगरपालिकाको ५५ लाख रुपैयाँको लागतमा फेरी निर्माण गरिएको षडानन्द नगरपालिका प्रमुख वीरबल राईले जानकारी दिनुभयो ।  

फेरी सञ्चालनका लागि तीन जना अपरेटर राखिएको प्रमुख राईले जानकारी दिनुभयो । उक्त अपरेटरको पारिश्रमिक व्यवस्थापनको सहजताका लागि फेरी प्रयोगकर्ताबाट थोरै राजश्व लिने योजना रहेको नगर प्रमुख राईको भनाइ छ ।
 
कुन सवारीबाट कति लिने भन्ने निर्णय भइनसकेको र अबको कार्यपालिकाको बैठकले राजश्व दर तोक्ने राईले जानकारी दिनुभयो ।

फेरी निर्माण गरिएसँगै यातायातमा सहजता थपिएको छ ।