७५ हजार घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ

७५ हजार घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  माघ २८, २०७६

तनहुँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारीलाई सोमबार घुससहित पक्राउ गरेको छ ।  इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले अधिकारीद्वयलाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिनुभयो । पक्राउ परेका निजहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।