रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकले १ करोड सहयोग

रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकले १ करोड सहयोग

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २८, २०७६

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकले एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

रंगशाला निर्माणका लागि चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गर्नुभएको हो ।

क्रिकेटका क्षेत्रमा नेपाली खेलाडीहरुले गरेको प्रगतिमा थप ऊर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा बैंक परिवार अत्यन्तै खुसी भएको ढकालले बताउनुभयो ।