ठगी गरेको आरोपमा पक्राउ

ठगी गरेको आरोपमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  माघ २८, २०७६

सोलुखुम्बु । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई  हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर आठ लाख रूपैयाँ लिएको उहाँले जानकारी दिनुभयो । 

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको र थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको  प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताउनुभयो ।