मानव बेचबिखन मुद्दाका कैदीको मृत्यु

मानव बेचबिखन मुद्दाका कैदीको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २८, २०७६

चितवन । चितवनको भरतपुर कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ।

मानव बेचबिखन मुद्दामा कैद सजाय भुक्तान गरिरहेका भारत, सिद्धार्थनगरका ६२ वर्षीय जफर अहमदको गए राति साढे १२ बजे मृत्यु भएको कारागार कार्यालयले जनाएको छ।

मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र पाँच लाख रूपैयाँ सजाय तोकिएको थियो ।
कारागार कार्यालयका अनुसार क्यान्सरबाट पीडित जफरलाई उपचारका लागि काठमाडौंबाट भरतपुर ल्याइएको थियो।