डिशहोमको 'डिसहाेममा  बिक्रेता दाईको छूट' अफर

डिशहोमको  'डिसहाेममा  बिक्रेता दाईको छूट' अफर

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २८, २०७६

काठमाडाैँ । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले 'डिसहाेममा  बिक्रेता दाईको छूट नामक अफर ल्याएको  जनाएकाे छ ।

 जस अनुसार डिशहोमका डिलरहरु मार्फत Fund Transfer बाट बार्षिक रिचार्ज गरे बापत Add-On प्याकेज सहित Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक लाख नगद उपहार जित्नु  समेत बताइएकाे छ ।

याे कार्यक्रम २०७६ माघ २७ गते देखि बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु  जानकारी दिइएकाे छ । याे लकुकी ड्रय कार्यक्रम २०७६ फागुन २ गतेबाट डिशहोमको Showcase Channel No. 100 मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबारसम्म बार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको Lucky Draw मा समावेश गरिनेछ । Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मात्र Weekly Lucky Draw मा समावेश गरिने कुरा उल्लेख गिरएकाे छ ।

समावेश हुनु भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको CAS ID    को आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुनसुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले Fund Transfer  बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाइएकाे जनाइएकाे छ  ।