जियाजोरबाट लागूऔषध गाँजासहित युवक पक्राउ

जियाजोरबाट लागूऔषध गाँजासहित युवक पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  माघ २८, २०७६

सर्लाही । सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१२, जियाजोरबाट लागूऔषध गाँजासहित एक युवकलाई  प्रहरीले पक्राउ गरेको छ ।

चुरेक्षेत्रमा पर्ने नारायणखोलाबाट बा ४९ प ६०२ नम्वरको मोटरसाइकलमा गाँजा लिएर आउँदै गरेका लालबन्दी नगरपालिका–१४, नारायणखोलाका २४ वर्षीय कान्छाराम स्याङतानलाई प्रहरीले पक्राउ गरेको हो । सोमवार राती गस्तीमा निस्किएको प्रहरीले शङ्का लागेर खानतलासी लिँदा स्याङतानले चलाएको मोटरसाइकल पछाडि राखिएको बोराबाट १० किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

पछिल्लो समय गाँजाको व्यावसायिक खेती फस्टाउँदै गएको सूचना पाएपछि सर्लाही प्रहरीले जिल्लाको विकट क्षेत्रमा नारायणखोलामा निगरानी बढाएको छ । त्यस क्षेत्रमा केही हप्ताअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले पटक–पटक गरी ठूलो क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरेको थियो ।

त्यहाँ उत्पादन भएको गाँजा बिक्रीका लागि भारतसम्म पु¥याउने गरिएको छ ।