प्रेमगीत ३ः नर्थ अमेरिका राइट्स ५१ लाखमा विक्री

प्रेमगीत ३ः नर्थ अमेरिका राइट्स ५१ लाखमा विक्री

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २८, २०७६

काठमाडौं । हिट चलचित्रका सिरिज निर्माण र प्रर्शनभन्दा अगाडि नै महँगो मूल्यमा विदेशी भूमिमा विक्री हुने गरेका छन् । यसबीच, चलचित्र ‘प्रेम गीत ३’ को विदेश राईटस् ४५ हजार डलरमा बिक्री भएको छ । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले चलचित्रको नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि ४५ हजार अमेरिकी डलर अर्थात् नेपाली ५१ लाखभन्दा बढी मूल्यमा खरिद गर्नुभएको छ । 

निर्माणभन्दा अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको चलचित्रको केही दिन अगाडि सार्वजनिक भएको ‘हात्ती ढुंगामा’ गीतपछि विदेशी भूमिमा चलचित्रको माग झनै चुलिएको छ ।

राईटस्को बिषयमा चलचित्रका निर्माता निर्देशक सन्तोष सेन र ग्लोबलका अध्यक्ष श्रेष्ठले सोमबार सम्झौता गरेका हुन् ।  अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङ अभिनित ‘प्रेम गीत–३’ सार्वजनिक प्रदर्शनमा भने आगामी २८ चैतबाट आउँदैछ । फिल्मको युरोप र अष्ट्रेलिया राईट्स पनि छिट्टै टुङ्गो लाग्ने सेनले जानकारी दिनुभयो ।

नर्थ अमेरिकाका लागि यति ठूलो मूल्यमा अहिलेसम्म कुनै फिल्म विक्री भएका छैनन् ।