हतियारसहित २८ वर्षीय रोकाय पक्राउ

डोल्पा । ठुलीभेरी नगरपालिका–२ लोचा जंगलबाट सोही ठाउँ तिप्ला घर भएका २८ वर्षीय खड्क बहादुर रोकायालाई लोड भएको भरुवा बन्दुक १ थान, चक्कु १ थान, बारुद करिब ७८ ग्राम, पासो १ थान, केफ ९ थान र शिशाका छर्रा १९ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी रोकायलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।