आप नेता नरेश यादवमाथि गोली प्रहार

आप नेता नरेश यादवमाथि गोली प्रहार

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ २९, २०७६

दिल्लीमा आम आदमी पार्टीका नेता नरेश यादवमाथि गोली प्रहार भएको छ । मंगलबार राती उनी आफ्ना समर्थकसँगै मन्दिरतर्फ जाँदै गर्दा गोली चलाइएको बताइएको छ ।

आपले भनेको छ कि दक्षिण पश्चिमको महरौलीबाट निर्वाचित विधायक यादवमाथि गोली चलाइँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने अर्का एक जना सख्त घाइते भएका छन् ।

आपसँग जोडिएका अंकित लालले घाइते कार्यकर्तालाई नजिकैको अस्पतालमा भर्ना गरेर उपचार गराइरहिएको छ ।

लालले भने, ‘नरेश यादव आफ्ना समर्थकसँग मन्दिरबाट आफ्नो घरतर्फ फर्किंदै थिए । अरुणा आसफ अली रोडमा किशनगढ गाउँ नजिकै उनीमाथि एउटा गाडीमा आएका केही व्यक्तिले गोली चलाए ।’

उक्त गाडीमा कति मानिस थिए भन्नेबारे कुनै जानकारी आएको छैन ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार प्रहरीले भनेको छ कि विधायक नरेश यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका छन् ।

यादवले समाचार संस्था एएनआईलाई भनेका छन्, ‘जुन गाडीमा म सवजार थिएँ, त्यसमाथि गोली चलाइयो । जम्मा चार राउण्ड गोली चलाइयो । मलाई भरोसा छ कि प्रहरीले ठीकसँग खोजी गरेर आक्रमणकारी पत्ता लगाउनेछ ।’

मंगलबार दिल्लीमा विधानसभा निर्वाचनको परिणाम घोषणा भएको छ, जसअनुसार एक पटक पुनः आम आदमी पार्टीले बहुमत प्राप्त गरेको छ ।
नरेश यादवले दक्षिण दिल्लीको महरौलीबाट निर्वाचन जितेको छन् ।