निर्भया प्रकण्रण : नयाँ ‘डेथ वारेन्ट’का लागि सर्वोच्चले देखायो हरियो झन्डा

निर्भया प्रकण्रण : नयाँ ‘डेथ वारेन्ट’का लागि सर्वोच्चले देखायो हरियो झन्डा

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ २९, २०७६

निर्भया प्रकरणका चार दोषीलाई अलग अलग फाँसी दिने केन्द्र सरकार र दिल्ली सरकारको याचिकामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले नयाँ डेथ वारेन्ट जारी गर्ने संकेत देखाएको छ ।

अदालतले भनेको छ कि तिहाड प्रशासन अब फाँसीका लागि नभएर तारिखका लागि ट्रायल कोर्टमा जान सक्छ ।

साथै अदालतले चारै जना दोषीलाई सूचना जारी गरेको छ र उनीहरूको अलग अलग फाँसीको मामला स्थगित गरेको छ । यसमाथि सुनुवाइ १३ फेब्रुअरीमा हुनेछ ।

तीन जना न्यायाधीशले सर्वोच्च अदालतको बेन्चमा भने कि यस मामलामा तीन दोषीले आफ्नो बचाउका लागि सबै कानुनी उपाय प्रयोग गरिसकेका छन् तर पवन गुप्ताले न क्युरेटिभ पिटिसन दायर गरे, न त दया याचिका नै ।

अहिलेसम्म यस प्रकरणका चार दोषीहरू मुकेश सिंह, विनय शर्मा, अक्षयकुमार सिंह र पवन गुप्ताको फाँसी दुई पटक टरेको छ ।

यी चार जनालाई २२ जनवरीमा फाँसी दिइने थियो तर एक जना दोषीको दया याचिका राष्ट्रपति सामु लम्बिएका कारण फाँसीको तारिख टरेको हो । पछि अदालतले फाँसीका लागि १ फेब्रुअरीलाई तोके पनि फोरि यसलाई अलग आदेशले टारिदियो ।