निलम्बित सांसद गच्छदारः संसदीय दलको उपनेता र काँग्रेसको उपसभापतिमा भने कायमै !

निलम्बित सांसद गच्छदारः संसदीय दलको उपनेता र काँग्रेसको उपसभापतिमा भने कायमै !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १, २०७६

काठमाडौँ । नेपाली काँग्रेसले तीनवटा  सांसद अर्न्तरगतको प्रतिनिधिसभाका बैठक  अवरुद्ध गर्‍यो । यसरी अवरुद्ध  गर्नु पूर्व दुईवटा बैठकमा   सभामुख अनुमतिले केही शब्द मत राखेर अवरोध  गरेको थियो ।  तेस्रो पटकको सांसद बैठक अवरुद्धमा  भने  काँग्रेसलाई सभामुखले पनि बोल्ने समयसम्म उपलब्ध गराउनु भएन । चौथो बैठकमा  गएर भने काँग्रेसले सदन अवरोध  नै गरेन ।  किन  गरेन  भनेर सोध्यो भने काँग्रेसले कानुनको सम्मान गर्दो रहेछ । अदालतमा गएको विषयमा अदालत नै बोल्नु पर्छ भन्ने राय काँग्रेसले  दिने गरेकाे छ  ।

अख्तियारीको अख्तियारीप्रति असन्तुष्ट काँग्रेस अहिलेसम्म अदालतले दिने न्यायमा भने ढुक्क नै रहेको देखिएको छ । अदालतको सम्मान काँग्रेस विशेषता भएको केही काँग्रेस नेताहरू पनि बेला बखतमा बोल्ने  गर्नु भएको छ । तीनवटा बैठकमा संसदीय दलका उपनेता पार्टीका उपसभापति माननीय सांसद विजय गच्छदारको राजनीतिक जीवनका खातिर बन्द गरेको काँग्रेसले चौथो बैठकमा पुगेर  अदालतको सम्मानका खातिर खोलेको बताउन थालेको छ । 

काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पहिले बैठक अवरोध गर्न सदनमा मन्तव्य दिँदै गर्दा हाम्रा उप नेता विजय गच्छदारको राजनीतिक जीवनको खातिर बैठक अघि बढ्न सक्दैन भन्नु भएको थियो । गच्छदारसँगै जोडिएर बैठक अवरोध भएको समयमा चौथो पटक सदन बस्ने समयमा भने उहाँले विपी लगायतका नेतालाई पनि सम्झिएर भन्नुभयो 'अदालतको निष्पक्ष न्यायका विषयमा शङ्का छैन । अदालत गएको विषयका कारण बैठक खुल्छ सहयोग हुन्छ ।'

तीनवटा बैठक के कारणले बन्द गरेको हो ? काँग्रेसले स्पष्ट सन्देश भने दिन सकेको अवस्था छैन । जे होस् काँग्रेस केन्द्रीय समितिको बैठकले अदालतमा जो व्यक्ति विरुद्ध मुद्दा परेको छ । त्यो व्यक्ति लड्नु पर्छ । अन्य दोषीलाई पनि कारबाहीको दायरामा ल्याउन पार्टी दबाब दिन्छ । यो भने प्रतिपक्षको धर्म हो र प्रतिपक्षको कर्म पनि हो । 

अहिले पनि कता कता राजनीतिक आन्दोलन त चलिरहेका छन् क्यारे तर पार्टीको तर्फबाट अख्तियारले दोषी देखाएको अवस्थामा गच्छदार लड्ने पर्ने निर्णय लिइसकेको अवस्था छ ।

तर, काँग्रेसले यति भन्दै गर्दा सामान्य नीति नियमको कति पालना गर्छ । आफ्नो राजनीतिक उचाइ कति कायम गर्छ भन्ने विषयमा पनि सबैले हेरिएको विषय हो । विजय गच्छदारलाई भ्रष्टाचारको आरोप लागेर एउटा संवैधानिक आयोगले अदालतमा मुद्दा हालिसकेको अवस्था छ । प्रतिनिधि सभाले गच्छदार निलम्बनमा परेको सूचना निकाली सकेको छ ।

तर सीमित सिट लिएर सदनमा रहेको काँग्रेसको उपनेता भने आजको दिनसम्म गच्छदारलाई नै राखिरहेको छ ।  सदनमा नभएको व्यक्तिलाई  संसदीय दलको उपनेता हुनुहुन्न भनेर सक्दैनौ काँग्रेसले भन्न सकेको छैन । नेतै नेताको पार्टी भएर पनि संसदीय दलको पदाधिकारी बन्नको लागि संसद्को सदस्य हुनु पर्छ भन्ने विषय कांग्रेलाई थाहा नहुने कुरै भएन ।  नेपालमा सबैभन्दा बढी संसदीय अभ्यास गरेको पार्टी पनि काँग्रेस नै हो । अहिले विजय गच्छदारको भूमिका संसदीय दलमा कसले निभाएको छ अहिले सम्म काँग्रेसले प्रस्ट पार्न सकेको छैन ।

काँग्रेस त आफूलाई जनताको पार्टी, कानुनको पालना गर्ने र उच्च नैतिकवान् पार्टीका रूपमा चिनाउने गरेको  छ क्यारे तर, काँग्रेस पार्टीको उपसभापति चाहिँ कोहो ? अख्तियारले भ्रष्टचारिको आरोप लगाएका गच्छदारलाई  नै  राखिरहेको छ ।  के काँग्रेसले अदालतबाट चोखिएर नआएसम्म पार्टीको उपसभापति तिमी बन्न सक्दैनौ भन्न नसकेको हो ? 

यदि सक्छ भने काँग्रेसले गच्छानदारलाई उपनेता र उपसभापति दुबैबाट निलम्वति गर्न सक्नु र्छ । अदालतबाट चोखिएर आएको अवस्थामा त काँग्रेसले आफ्नो राजनीतिक संस्कार अरू पार्टीलाई पनि सिकाउन सक्ला नि ?