लागूऔषध सहित २ जना पक्राउ

लागूऔषध सहित २ जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १, २०७६

काठमाडौं । कास्की, पोखरा महानगरपालिका –७ सुन्दरमार्ग बस्ने३२ वर्षीय हरि कृष्ण कार्कीलाई नियन्त्रित लागूऔषधबुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

कार्कीले अबैध लागूऔषध पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा खरीद बिक्री,ओसारपसार, सञ्चयतथा सेवनसमेत गर्ने गरेको भन्ने प्राप्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो । कार्कीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।

मोरङ,बिराटनगर महानगरपालिका–१२ आईतबारेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८ ट्याब्लेट, एभिल २ एम्पुल, डाईजेपाम २ एम्पुल, लुप्रिजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र सिरिन्ज ३थान सहित सुनसरी ईटहरी उपमहानगरपालिका–१० बस्ने २६ वर्षीय ज्ञानेन्द्र चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।