अपराधिक क्रियाकलापमा संलग्न रहेकाहरु प्रहरी नियन्त्रणमा

अपराधिक क्रियाकलापमा संलग्न रहेकाहरु प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १, २०७६

सप्तरी । जिल्लाअदालत धनुषाबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थसम्बन्धि कसुर र संगठित अपराध मुद्दामा वारदात पश्चात फरार रहेका धनुषा, धनुषाधाम नगरपालिका–६ सरस्वतीपुरबस्ने ३४ वर्षीय ईन्दल साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
 
सुरुङ्गा नगरपालिका–६ श्रीपुर बस्ने एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनी उपर थप अनुसन्धान गर्ने क्रममा उनी विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रही फरार रही पक्राउ पूर्जी समेत जारी भएका व्यक्ति भएको खुल्न आएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।