सवारी दुर्घटनामा परी ७ को मृत्यु

सवारी दुर्घटनामा परी ७ को मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १, २०७६

काठमाडौं । कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

कञ्चनपुर,कृष्णपुर नगरपालिका–२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख६५१६ नम्बरको बसमा से.३ प ३९४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदामोटरसाइकलमा सवार कैलाली गोदावरी नगरपालिका–१० बस्ने ३१ वर्षीय मोहन चौधरीको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना हुँदा सडकमा लडेका चौधरीलाई बिपरित दिशाबाट आएको से।१ ख १२७३ नम्बरको मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकोमा पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका–१० बस्ने २८ वर्षीय निराजन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। तीनवटै सवारी साधन तथा बस र मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सल्यान,कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित सडकमा नेपाली सेनाको सबुज गण सिमखर्क ब्यारेकबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ग १२३ नम्बरको ट्रकसडकबाट अन्दाजी ५ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवारबारा डुमरवाना–८ घर भएका नेपाली सेनाका जमदार ३५ वर्षीय यादव भरेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका नेपाली सेनामा कार्यरत अन्य ६ जनालाई तत्काल खटिएका सुरक्षाकर्मीले उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर पठाएकोमा थप उपचारको लागि सैनिक अस्पताल छाउनी रिफर गरिएको छ ।

धादिङ,गजुरी गाउँपालिका–२ चाम्बासस्थित सडकमा लु.२ ख १३५ नम्बरको बस र बा.९८ प ७०५८नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार चितवनभरतपुर महानगरपालिका–१३ गितानगर बस्ने २०वर्षीया महिमा सिलवाल र २२ वर्षीया शर्मिला सिलवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुमध्ये महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र शर्मिलाकोट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी धादिङ,बेनिघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित सडकमा ना.२ ख ५०५७  नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने दिनेश गुरुङको छोरा ७ वर्षीय प्रज्वल गुरुङको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सप्तरी,हनुमाननगर कंकालिनी नगरपालिका–१ गोरियाहीस्थित सडकमा बा.१ प ८००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–२ सकरदही बस्ने ३५ वर्षीया मुनिदेबी यादवको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कास्की,पोखरा महानगरपालिका–५ जिरो किलोमिटरस्थित सडकमा ग.१ ज ४०९७ नम्बरको ट्याक्सी र ग.१० प२५५५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दार्चुला घर भई हाल पोखरा महानगरपालिका.६ खहरेबस्ने ३५ वर्षीय पदम सिंह दहाडको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलचालक काभ्रेघर भई हाल पोखरा महानगरपालिका.८ न्यूरोड बस्ने २४ वर्षीय आशिष भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सीर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।